नेपाल तरुण दल रुपन्देहीको प्रदर्शन

by समतल अनलाइन

बुटवल । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा नेपाल तरुण दल रुपन्देहीले बेलहीयाको दशगजामा विरोध प्रदर्शन गरेको छ । तरुण दलले रुपन्देहीको दशगजामा प्रदर्शन सहित विरोध गरेको हो ।

भारतीय हेपाहा प्रवृत्तिको विरोध र सरकार मौन बसेको आरोप सहित तरुण दलले सीमा नाका बेलहियामा प्रदर्शन गरेको तरुण दलका जिल्ला सभापति सोम गुरुङले बताए । कालापानी , लिपुलेक हाम्रै हो, भारतीय सेना गर्दे खाली, भन्ने नारासहित तरुणले प्रदर्शन सहित सभा गरेको थियो । लिपुलेक र कालापानीको समस्या हालैको सिर्जित समस्या नभई पुरानै समस्या रहे पनि वर्तमान सरकारले समस्या समाधान तर्फ कुनै पहल नगरेको तरुणको आरोप छ । अहिले पनि सरकारले विज्ञप्ती जारी गर्नु बाहेक नक्शा संशोधन र भारतीय सेना फिर्ताको कुनै पहल नगरेको नेपाल भारत मैत्री संघका अध्यक्ष डा. शान्तकुमार शर्माले बताए ।

अतिक्रमित भुभाग नेपालमा फिर्ता नआएसम्म आन्दोलन रोकिन्न, उनले भने ।त्यस्तै विरोध सभामा बोल्दैनेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले सरकारलाई सिमामा सेना खटाएर सिमा रक्षा गर्नुपर्ने बताए । अहिलेको सरकारले यसको रक्षाका लागि कदम चाल्न नसकेपनि नेपाली कांग्रेसका कार्यकर्ता कालापानी र लिपुलेक जोगाउन ज्यान बाजी लाएर खट्न तयार हुन्छौं, उनले भने ।भारत मात्र हैन अन्य देशको समेत सीमा रक्षा गर्न जानेको नेपाली सेनाले आफ्नो देशको पनि सीमा रक्षा गर्नु पर्ने समय आएको बताए । उनले सरकारलाई देशको सीमा रक्षाको लागी सेना खटाउन समेत माग गरे ।

भारतीय सिमा रक्षा गर्ने नेपाली सेना नै भएको भन्दै उनले नेपालीलाई नजिस्काउन चेतावनी दिए । नेपालीलाई जिस्काएर कसैले एक इन्च पनि हटाउन नसक्ने बताए । सार्वभौमसत्ता सम्पन्न देश नेपालका स्वाभिमानी जनताले विस्तारवाद विरुद्ध लड्ने बताए ।तरुणले भारत सरकारले नेपालीको आवाज नसुने आन्दोलन र प्रदर्शनलाई यो भन्दा पनि बढी चर्काउने चेतावनी समेत दिएको छ ।

 
 
  
 

You may also like