१७ वर्षीय किशोरबाट ३० वर्षीया महिला बलात्कृत

मोरङ । मोरङको लोहन्द्र खोलाको बगरमा एक जना महिला बलात्कृत भएकी छिन् । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ती किशोरले बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई बलात्कार गरेका हुन् । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 
 
  
 

You may also like