गैडहवा गाउपालिकाको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

गैडहवा । रुपन्देहीको १६ स्थानीय तहमध्ये गैडहवा गाउपालिकाले पालिकाको १२ औं गाउसभामा आ.ब. २०८०÷०८१ के बार्षिक नीति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गरेको छ।

गैडहवा गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले प्रस्तुत गर्नु भएको बार्षिक नीति तथा कार्यक्रममा पालिकाको मुख्य प्राथमिकता पालिकामा उत्पादित कृषिजन्य उत्पादनहरुको बजारीकरणका लागि कृषि एम्बुलेन्स देखि फुसको छानो मुक्त पालिका बनाउने योजना रहको छ। यसैगरी गैडहवावासीलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन र गाउँपालिकाबाटै बिशेष सेवा उपलब्ध गराउन सूर्यपुरा स्वास्थ्यचौकीलाई स्तरउन्नती गरी आगामी २०८१÷०८२ भित्र सूर्यपुरा अस्पतालमा रुपान्तरण गरी बिशेषज्ञ सहितको सेवा उपलब्ध गराउने ब्यबस्था मिलाइने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यसैगरी आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट बञ्चित रहेका परिवारलाई अधिक्तम स्वास्थ्य विमा कार्यक्रममा गराउने, वडा नं. ९ मा रहेको आधारभुत स्वास्थ्य संस्थालाई प्रसुती सेवाको रुपमा स्तरउन्नती गर्ने, उपाध्यक्षसंग सुत्केरी र्काक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई पोषिलो खाना उपलब्ध गराउने कार्यक्रम रहेको अध्यक्ष सुरेन्द्र पौडेलले प्रस्तुत गर्नु भएको बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै लुम्बिनी घुम्न आउने पर्यटकहरुलाई यशोधरा पार्क,रुपन्देहीको सबैभन्दा ठूलो ताल गैडहवाताल र दक्षिण एशियाकै दोश्रो जटायु रेष्टुरेण्टको अवलोकन भ्रमण गर्न आउने वातावरण श्रृजना गर्न पालिका भित्र रहेका पर्यटकिय स्थलहरुको ब्यबस्थापन तथा पुनःनिर्माण गर्ने कार्यलाई तिव्रता दिइने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पलिका भित्र रहेको बिधुतको समस्या समाधान गर्न नेपाल बिधुत प्राधिकरणसंगको सहकार्यमा बिधुतको पहुँच पुर्याउने, कृषकहरुले जोड्ने कृषि मिटर लगाउदा लाग्ने जडान शुल्कमा छुट दिने, हरेक वडामा पालिकाको गौरवको आयोजना सञ्चालन गर्ने, हरेक वढामा बालउधान निर्माण र गैडहवाको एकमात्र बुहमुखी क्याम्पसको भवन निर्माण सम्पन्न गर्न आ.व. २०८००८१ म आवस्यक बजेट ब्यबस्था मिलाइने समेत कार्यक्रममा उल्लेख गरिएको छ।

गैडहवाको बजेट ८२ करोड, सुकुम्वासी, कृषि र स्वास्थ्य पहिलो प्राथमिकतामा

रुपन्देहीको गैडहवा गाउपालिकाको आगामी बर्षका लागि करिब ८२ करोड बराबरको बजेट विनियोजन भएको छ। गाउपालिकाका उपाध्यक्ष माधुरी जैसवालले प्रस्तुत गर्नु भएको बार्षिक बजेटमा पालिकामा रहेको भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोबासीहरुका लागि जग्गाधनी पुर्जा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइएको छ।

यस्तै लुम्बिनीमा आउने पर्यटकहरुलाई गैडहवामा आउने वातावरण तयार गर्न रुपन्देहीकै सबैभन्दा ठूलो ताल गैडहवाताल र सूर्यपुरामा निमार्णाधिन रहेको यशोधरा पार्कको निर्माण कार्यलाई यथासक्य सम्पन्न गर्न समेत बजेटमा प्राथमिकतामा परेको छ। गैडहवाका किसानहरुले उत्पादन गरेको कृषिजन्य उत्पादनको बजारीकरण गर्न कृषि एम्बुलेन्स तथा भण्डारका लागि चिस्यान केन्द्र निर्माणलाई पनि बजेटमा समावेश गरिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गरी आय आर्जन गरी आय आर्जनमा जोड्न, दक्ष जनशक्तीलाई न्युनतम १०० दिनको रोजगारीको ब्यबस्था गर्न, प्राविधिक शिक्षा पढ्न चाहने बिधार्थीहरुलाई सिटिईभिटीसंगको सहकार्यमा पालिकाका २५ जना बिधार्थीहरुलाई ५० प्रतिशत छात्रबृतिको रुपमा उपलब्ध गराउन पनि बजेटमा ब्यबस्था गरिएको छ।

गउपालिका अध्यक्ष सुरेन्द्र पौडेलले प्रस्तुत गर्नु भएको बार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष माधुरी जैसवालले प्रस्तुत गर्नु भएको बार्षिक बजेटको पुर्ण समर्थन सहित प्रस्तुत गरिएका योजना तथा बजेट र कार्यक्रमको कार्यान्वयनको सफलताको समेत शुभकामना ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष तथा प्रवक्ता सुरेन्द्र सिंह कुर्मी र वडा नं. ठ का वडा अध्यक्ष लाल बहादुर केवटले कार्यक्रममा कार्यपालिका सदस्य श्रीराम कलवार, वडा सदस्यहरु ज्ञानु बि.क., माहम्मद आलम, रामशंकर कोहार, तुल बहादुर बि.क., शान्ता ज्ञवाली, पुनम सुनार, डिल्लरिाम चौधरी र धर्मराज कोहारले सुझाव प्रस्तुत गर्नु भएको थियो।

 
 
  
 

You may also like