लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रालाई

बुटवल ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले जितेकी छन् । विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधीसँगै ५१ हजार १ सय ११ रुपैयाँ नगद हात पारिन ।

बाँकेका चन्द्रबहादुर बिश्वकर्मा प्रतियोगितामा द्वितीय हुँदै ३१ हजार १ सय ११ रुपैयाँ नगद हात पारेका छन् भने रुपन्देहीका मधु परियार तृतीय हुदै नगद २१ हजार १ सय ११ रुपैयामा चित्त बुझाए । सात्वना स्थान हासिल गरेका रोल्पाका प्रगती विष्ट क्षेत्रीले ५ हजार १ सय ११ रुपैयाँ जितिन ।

उपाधी विजेता ४ जनाले चर्चीत संगितकार खेम सेन्चुरीको एल्बममा गित गाउन तथा अभिनयका लागि अवसर पाउने छन् । प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले पुरस्कार वितरण गरिन् ।प्रतियोगिताका संयोजक नारायण विपी परियारका अनुसार प्रतियोगितामा १२ जिल्लाबाट प्रारम्भिक छनौटमा १ हजार २३ जना बढी सहभागी भएका थिए ।

डिजिटल तथा लाइभ अडिसनबाट फाइनलिस्टहरु छनोट गरिएको थियो । लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट एक जना तथा अन्य जिल्लाबाट २-२ जना फाइनलिष्ट छनोट गरिएको थियो । यसैगरी प्रतिष्ठानले विश्व संगीतको दिवसमा लुम्बिनीमा कलाकार हित कोष स्थापना गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले हितकोषको ब्यानर खोलेर उद्घाटन गरिन् । लुम्बिनी प्रदेश अन्तरगत रहेर कलाकारिताका क्षेत्रमा काम गर्नेहरुको सामाजिक सुरक्षा तथा उनीहरुको हितका लागि कोषको स्थापना गरिएको प्रतिष्ठान लुम्बिनी अध्यक्ष दिपु मगरले बताए ।

आफ्नो कार्यकालमा हितकोषलाई कम्तिमा १० लाख पुर्याउने लक्ष्य रहेको उनले बताए । यसैगरी प्रतिष्ठानको भवन निर्माणलाई समेत पूर्णता दिने उनले उल्लेख गरे । विभिन्न सामाजिक संघ–संस्था तथा लोक दोहोरी क्षेत्रमा लागेका व्यक्तिहरुबाट सहयोग संकलन गरी हित कोष स्थापना गरिएको उनले बताए ।

राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा तेस्रो लुम्बिनी एकल लोकगीत प्रतियोगिता बुटवलमा भएको छ । प्रतियोगिताको राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले शुभारम्भ गरिन् ।

प्रतियोगीताको शुभारम्भ गर्दै अध्यक्ष थापाले गाउँमा रहेका लुकेका प्रतिभाको प्रतिभा प्रष्फुटनका लागि यस्तो प्रतियोगिता कोशेढुंगा सावित हुने बताइन । उनले गाउँगाउँबाट लुकेका प्रतिभाहरु कार्यक्रम मार्फत समाजमा आउने भन्दै अवसरको खोजीमा रहेको युवा प्रतिभाहरुलाई प्लटफर्मका रुपमा कार्यक्रम भएको बताईन । ‘लोक सस्कृति नेपालको धरोहर हो ।’— केन्द्रीय अध्यक्ष थापाले भनिन ।

प्रतियोगितमा १२ जिल्लाबाट प्रारम्भिक छनौटमा परेका प्रतियोगी कलाकारहरु समावेश भएका छन् । उनीहरुको अन्तिम प्रतियोगिताबाट उत्कृष्टलाई नगद सहित विविध पुरस्कार प्रदान गरिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरले जानकारी दिए । प्रतियोगिता शुभारम्भ कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ्ग, पुर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा, केन्द्रीय उपाध्यक्ष सुवास विसी, सचिव दिपक गरौजा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक नारायण विपी परियारका अनुसार १२ जिल्लाका १ हजार बढि सहभागीबाट छनौट भएर फाईनलमा २३ जना कलाकारले प्रतिष्पर्धा गरेका छन । उपाधि विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयासहित, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले नगद ३१ हजार १ सय ५१ रुपैया, तृतियले नगद २१ हजार रुपैया तथा सान्त्वनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खेम बहादुर हमाल, सल्लाहकार खेम सेन्चुरी, केन्द्रीय सहसचिव सीता राना, केन्द्रीय कार्यसमिति सदस्य डिल्लिनारायण पाण्डे, प्रदेश सल्लाहकार प्रचण्ड जिसी , केन्द्रस्य सदस्य प्रेम शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल लगायतले शुभकामना दिएका थिए ।

 
 
  
 

You may also like