हरिकृष्ण कार्कीले लिए प्रधानन्यायाधीशको शपथ

काठमाडौँ । सर्वोच्च अदालतका नव नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

आज (शुक्रबार) विहान न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका कार्की आजै राष्ट्रपतिबाट नियुक्त भएका हुन् । प्रधानन्यायधीश कार्कीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उपस्थित थिए । आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवाबाट निवृत्त हुँदैछन् ।

 
 
  
 

You may also like