२०८० जेठ २२ गते सोमबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला लाग्न पनि सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्ने छ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्या र बुद्धिको विकास हुनेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । कार्यसिद्धि हुने अवसर मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कलहको योग रहेको छ । खर्च हुने, विवाद पनि बढ्नेछ तर, दिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा र नयाँ कार्यको थालनी पनि होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
छोटो दूरीको लाभदायक यात्रा रहला । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउने छ । विद्या र बुद्धिको विकास हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मित्र वा आफन्तको सहयोग मिल्ने छ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like