बुटवलमा भब्य रुपमा मनाइयो दूध दिवस

बुटवल।२३ अौं बिश्व दूध दिवस रुपन्देहीको बुटवलमा भब्य रुपमा कार्यक्रम गरि मनाएका छन् ।

नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश कमिटी , श्री रुपन्देही डेरी व्यावसायी समिति तथा लुम्बिनी दुग्ध वितरण आयोजना ( डिडिसी)ले संयुक्तरूपमा कार्यक्रम अायोजना गरि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेका सबै बिरामीहरुलाई दुध तथा दुग्ध पदार्थहरु वितरण गरेका छन् ।

उक्त कार्यक्रमलाई प्रमुख अतिथिको सम्बोधन गर्दै उपभोक्ता हित संरक्षण मंचका लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठकले दुध सेवन सबैको लागि अत्यन्तै आवश्यक रहेको बताउनु भयो ।
मान्छे स्वास्थ रहन दुध आवश्यक हुन्छ र त्यो दुध गुणस्तरीय हुनुपर्छ भन्नु हुदै अहिले डेरी व्यावसायीहरुको पहलमा दुधमा शुद्धता भएको बताउनु हुदै नियमनकारी निकायहरुले पनि ध्यान दिनुपर्ने बताउनु भयो । शुद्ध दूध उपभोग गर्न पाउनु उपभोक्ताहरुको अधिकार भएको समेत उहाँले बताउनु भयो ।
यसैगरी कार्यक्रमका बिशिस्ट अतिथि लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले दुध अमृत हो भन्नु हुदै सबै मानिसहरुलाई स्वास्थ रहन र निरोगी बन्न दूध आवश्यक रहने बताउनु हुदै दुधको गुणस्तर तथा मात्रामा समेत ध्यान दिन आग्रह गर्नु भयो । दुधलाई पनि मात्रा मिलाएर सेवन गर्न आवश्यक
रहेको स्पष्ट पार्नु भयो ।

नेपाल डेरी एसोसिएसनका पुर्ब अध्यक्ष मेघराज भण्डारीले सबैलाई दिनको कम्तिमा पनि एक गिलास दूध सेवन गर्न आग्रह गर्नुभयो ।
चीनमा विद्यार्थीहरुलाई अनिवार्य दूध सेवन गराएकै कारण उनीहरूको मस्तिष्क तेज भएको अध्ययनले पुष्टि गरेको बताउनु हुदै नेपालमा पनि सबै बालबालिकाहरुलाई दूध सेवन गराउन ध्यान दिनुपर्ने बताउनु भयो ।
यसैगरी सहकारी महासंघ केन्द्रीय सदस्य हरि काफ्लेले दुधको आवश्यकता र महत्त्वबारे प्रकाश पार्दै उत्पादक किसानहरु तथा सहकारीहरुका समस्या बारे स्पष्ट पार्नु भयो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै रुपन्देही डेरी व्यावसायी समिति अध्यक्ष रामकृष्ण शर्माले दुधको महत्त्वबोध गराउने उदेश्यले संयुक्त राष्ट्रसंघले सन २००१ बाट दुग्धपान दिवस मनाउन शुरुआत गरेको स्मरण गर्दै नेपालमा पनि २०६७ सालबाट बिधिवत रुपमा दुध दिवस मनाउन लागेको बताउनु भयो । यसले एकातिर उत्पादन गर्ने किसानहरुको संमान भएको छ भने अर्कोतिर दुध सेवनको महत्त्वको बारे उपभोक्ताहरुमा जनचेतना जगाएको छ भन्नू भयो ।

नवजात शिशुहरु ,बालबालिकाहरु तथा सबै बिरामीहरुलाई दूध सेवन अत्यावश्यक छ भन्ने संदेश दिन समेत अस्पतालमा दूध वितरण गर्ने कार्यक्रम आयोजना गरेको स्पष्ट पार्नु भयो ।
उक्त कार्यक्रम साना बालबालिकाहरुलाई दूध सेवन गराई उद्वाट्न गरिएको थियो भने अस्पतालमा रहेका बिरामीहरु ,चेकजाँच अाएका बिरामी तथा सबैलाई दूध वितरण गरिएको थियो भने बिरामी बाहेकका अरुलाई लस्सी ,दही , जुसहरु अादि वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका अधिकृत श्रवण कुमार ढुङ्गाना ,स्यमसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान ,नेपाल डेरी एसोसिएसनका सल्लाहकार हिरा बहादुर खत्री ,खुद्रा किराना व्यावसायी संघका अध्यक्ष महेन्द्र पोखरेल ,लुम्बिनी दुग्ध वितरण आयोजनाका अधिकृत निरन्जन भट्टराई , होटल तथा व्यावसायी संघमा अध्यक्ष लेखनाथ भण्डारी , नेपाल डेरी एसोसिएसन केन्द्रीय सदस्य भुवन न्यौपाने , नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश पुर्ब अध्यक्ष कृष्ण प्रसाद भट्टराई , रुपन्देही डेरी व्यावसायी समितिका पुर्ब अध्यक्ष नेत्र पाठक , सैनामैना व्यापार संघका पुर्ब महासचिव देवराज शर्मा लगाएत बाक्लो संख्यामा मिडिया कर्मीहरुको आतिथ्यता रहेको थियो ।
नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश समिति अध्यक्ष थानेश्वर न्यौपानेको अध्यक्ष्ातामा सम्पन्न उक्त कार्यक्रमको संचालन नेपाल डेरी एसोसिएसन केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारीले गर्नु भएको थियोे ।

 
 
  
 

You may also like