गुल्मीका १० पालिका मध्ये संघीय बजेट धेरै पाउनेमा अहिले पनि धुर्कोट गाउँपालिका अगाडि

गुल्मी । कार्य सम्पादन मुल्यांकनमा हरेक वर्ष अगाडि रहँदै आएको धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि विभिन्न शिर्षकको अनुदान बजेटमध्ये ४० करोड २६ लाख अनुदान बजेट पाएको छ । यो बजेट अन्य ९ वटा पालिकाले पाएको भन्दा सवैभन्दा बढि हो ।

सत्यवती गाउँपालिकामा ४० करोड ३ लाख बजेट अनुदान प्राप्त गरेको छ । इस्मा गाउँपालिकामा ३२ करोड ४ लाख बजेट बजेट अनुदान प्राप्त गरेको छ ।

मुसिकोट नगरपालिकाले ४७ करोड ५६ लाख बजेट बजेट अनुदान प्राप्त गरेको छ । रेसुङ्गा नगरपालिकाले ३९ करोड ६५ लाख बजेट अनुदान प्राप्त गरेको छ ।

त्यस्तै रुरुक्षेत्रले ३६ करोड ३६ लाख, छत्रकोटले ३९ करोड ३८ लाख, गुल्मीदरवारले ३२ करोड २१ लाख, मदानेले ३३ करोड ६३ लाख र मालिकाले ३८ करोड ४२ लाख विभिन्न शिर्षकको अनुदान र सशर्त बजेट पाएको छ ।

कार्य सम्पादन मुल्यांकनका अलवा जनसंख्याका आधारमा पनि स्थानीय तहमा बजेट बिनियोजन हुने धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलको भनाइ छ।

 
 
  
 

You may also like