उत्तरी चीनमा पटाका विष्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा भएको आतिशबाजी विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।

सो विष्फोट शुक्रबार दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ ।

 
 
  
 

You may also like