तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले कोशी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । कोशी र वागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (आइतबार) दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्यानसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्यानसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like