एन प्याब्सनद्वारा स्कुले सवारी चालक तथा सहचालकलाई प्रशिक्षण

बुटवल। रुपन्देहीका संस्थागत विद्यालयमा स्कुले गाडि हाक्ने चालक तथा सहचालकलाई बुटवलमा ट्राफिक नियम तथा कार्य दक्षतावृद्धिबारे प्रशिक्षण दिइएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल एन प्याब्सन रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका डेढ सय स्कुले गाडिका चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको हो ।

आधुनिक ट्रफिक नियमबारे जानकारी, सवारी दुर्घटना कम गर्न तथा चालक तथा सहचालकको असल ब्यवहार अभिवृद्धि गर्नका लागि प्रशिक्षण दिइएको एन प्याब्सनका अध्यक्ष पुरुषोत्तम बस्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारी, सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डे, ब्रमकुमारी ईश्वरीय विश्वविद्यालयका ब्रम्हकुमार पुरुषोत्तम पनेरु, नेको इन्स्योरेन्सका सिनियर अफिसर गोपिलाल पौडेल, यातायात भलाई कोष बुटवलका कार्यालय प्रमुख थानेश्वर बस्याल लगायतले यान्त्रीक सुरक्षा, ट्राफिक नियम, सडकको अवस्था, विद्यार्थी चालक सहचालकबीचको असल ब्यवहार, आचरण लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

एन प्याब्सनका सचिव बाबुराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सल्लाहकार राजु गुरुङ्ग, जिल्ला सल्लाहकार प्रकाश भट्टराई, पुर्व अध्यक्ष देउप्रकाश राई, उपाध्यक्ष बिलप्रसाद गुरुङ्ग, कोषाध्यक्ष अमरनाथ पाठक, सहसचिव विनोद थापा मगर लगायतले सानासाना गल्तीका कारण ठुला दुर्घटना हुन सक्ने भएकाले ट्राफिक नियमको पालनासँगै ब्यवहार र आचरणलाई अभिवृद्धिगर्दै असल चालक सहचालकका रुपमा स्थापित गर्न प्रशिक्षणले ठुलो भुमिका खेलेको बताउनुभयो । कार्यक्रममा एन प्याब्सन अन्तरगतका विद्यालयमा स्कुले बस, भ्यान, जीप चलाउने चालक र सहचालकलाई प्रशिक्षण दिइएको थियो ।

 
 
  
 

You may also like