जिल्ला खो खो संघ रुपन्देहीको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा राजकुमार थापा

कञ्चन ।जिल्ला खो खो संघ, रुपन्देहीको नवौ साधारण सभा तथा तेश्रो अधिबेशन शनिवार सम्पन्न भएको छ। अधिबेशनले आगामी ३ बर्षका लागि खो खो खेलका प्रशिक्षक राजकुमार थापाको अध्यययक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति पुनः गठन गरेको छ।
पुनः गठित नयाँ कार्य समितिको उपाध्यक्षमा देवदहका अमृत काफ्ले, सचिवमा कञ्चनका गंगालाल पौडेल, कोषाध्यक्षमा सियारीका तारा कुमारी गुप्ता र सह सचिवमा गैडहवाका दिलिप कुमार बानिया निर्वाचित हुनु भएको छ। यस्तै अधिबेशनबाट सदस्यहरुमा चन्द्रकला थापा(सियारी), रामु पाण्डे.तिलत्तोमा), राजन पौडेल(शुद्धोधन), अञ्जली थापा(कञ्चन), भरत सारु(गैडहवा), मनकुमारी राना( सैनामैना), यमलाल अर्याल(बुटवल उपमहानगरपालिका), करुणा थापा(सिनपा) निार्वचित हुनु भएको छ।

अधिबेशनमा सहभागी खो खो खेलाडी, प्रशिक्षक, शुभेच्छुक, खेल शिक्षकहरुलाई सम्बोधन गर्दै जिल्ला खेलकुद बिकास समितिका सदस्य राम बहादुर थापाले खो खो खेलमा रुपन्देही जिल्ला अव्वल बनिरहेको र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशबाट सहभागी टिममा रुपन्देहीका अधिक्ततम खेलाडीहरुको सहभागी भएका कारण पुरुष तर्फ च्याम्पियन र महिला तर्फ दोश्रो बन्न सफल भएको समेत स्मरण गर्नु भयो। जिल्ला खेलकुद बिकास समितिलाई प्रयाप्त बजेट उपलब्ध नगराएकै कारण रुपन्देहीका संस्थागत रुपमा खेलकुदको बिकास हुन नसकेको भएपनि निजी स्तरबाट स्थानीय तहरुको आंशिक सहयोगबाट ग्रामिण क्षेत्रमा बिभिन्न प्रतियोगिताहरु सञ्चालन हुदै आएको कार्यक्रमका प्रमुुख अतिथि तथा जिल्ला भलिवल संघ रुपन्देहीका उपाध्यक्ष समेत रहनु भएका थापाले बताउनु भयो।

खो खो संघ, लुम्बिनीका अध्यक्ष तथा जिल्ला खो खो संघ रुपन्देहीका अध्यक्ष तुल बहादुर थापाले रुपन्देहीमा खो खो खेलको क्रेज बढ्दै गइरहेको खो खो खेलप्रति खेलाडीहरुको आकर्षण बढेको बताउनु भयो। जिल्ला खो खो संघ रुपन्देहीका निर्वतमान अध्यक्ष समेत रहनु भएका थापाले रुपन्देहीमा संघको स्थापना गर्दा खो खो खेलाडी नगण्यमात्रामा रहेपनि अहिले कञ्चन र गैडहवामा मात्र १०० भन्दा बढी खो खो खेलाडी उत्पादित भैसकेको र ती खेलाडीहरुले आवस्यकता अनुसार खो खो खेलको प्रशिक्षण दिन सक्ने क्षमता समेत भएको बताउनु भयो। रुपन्देहीमा जिल्ला खो खो संघको गठन भएपछि कञ्चनमा राष्ट्रिय स्तरको खो खो च्याम्पियिनसिप प्रतियोगिता सञ्चालन गरेको र आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी खेलकुद बिकास समितिले दिएमा भव्य र सभ्य रुपमा प्रतियोगिता सम्पन्न गर्न सक्षम रहेको समेत निर्वतमान अध्यक्ष थापाले बताउनु भयो।

जिल्ला खो खो संघ रुपन्देहीका नव निर्वाचित अध्यक्ष राजकुमार थापाले आगामी तिन बर्षमा रुपन्देहीको १६ वटै स्थानीय तहमा खो खो खेलको बिस्तार गर्न स्थानीय तहका खेलाडी, प्रशिक्षक, शुभेच्छुकहरुसंगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो। अहिले सम्म लुुम्बिनी प्रदेशको टिमलाई उत्कृष्ट टिम बनाउन रुपन्देहीका खो खो खेलाडीहरुको भुमिका प्रभावकारी भएको आगामी च्यम्पियनसिपहरुमा अझ मजबुद बनाउने प्रतिवद्धता गर्दै नवनिर्वाचित अध्यक्ष थापाले एशियन खेलकुद प्रतियोगितामा दोश्रो बन्न सफल भएको खो खो टिमलाई अझ ब्यबस्थित रुपमा प्रशिक्षण दिन सम्बन्धित निकायहरुमा समन्वय गर्दै जाने बताउनु भयो। रुपन्देहीको कञ्चनमा १० जना पुरुष तर्फका खो खो खेलाडीहरुले खेलकुद बिकास समितिको छात्रबृत्तिमा प्रशिक्षण लिइरहेका छन।

जिल्ला खो खो संघ रुपन्ेदहीका अध्यक्ष तुल बहादुर थापाको अध्यक्षता तथा सचिव गंगालाल पौडेलको सञ्चालमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृत काफ्लेले स्वागत गर्नु भएको थियो। हिमालय आधारभुत बिद्यालयमा सम्पन्न भएको हो। नव निर्वाचित कार्य समितिको आज नै बसेको पहिलो पुर्ण बैठकले पत्रकार तथा कञ्चन खवर डटकमका प्रबन्ध संचालक जगीलाल थापालाई प्रेस सल्लाहकारको रुपमा मनोनित समेत गरेको छ।

 
 
  
 

You may also like