डा. केसीको अनसन स्थगित, भने, ‘भारतले सीमा मिचेको घटनाले दुःखी छु

by समतल अनलाइन

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले आज (मंगलबार) अनसन स्थगित गरेका छन् । कात्तिक १७ गते डडेलधुरामा अनसन शुरु गरेका केसीले मंगलबार ९ औं दिनमा स्थगित गरेका हुन् ।

राष्ट्रियताको संवदेनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवदेनालाई हृदयंगम गर्दै अनसन स्थगित गरेको विज्ञप्तिमार्फत् केसीले जानकारी गराएका छन् । उनले माग पूरा नभए पुनः सत्याग्रहको आन्दोलन जारी रहने बताएका छन् ।

हिजो नै डा. केसीलाई अनसन स्थगित गर्न आग्रह गर्दै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउन कोशिस गरिएको थियो । तर डा. केसीले अस्वीकार गरेपछि सेनाको हेलिकोप्टर रित्तै फर्किएको थियो ।
हेर्नुस् बिज्ञपति

 
 
  
 

You may also like