बुटवलमा मोटरसाईकल दुर्घटना हुँदा प्युठानका पोखरेलको मृत्यु

बुटवल । बुटवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु ६३ प ८१८५ नंं मोटरसाईकल बुटवलको नयाँगाउँ बाट बेलबास तर्फ आउँदै गर्दा बेलबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठान घर भइ बुटवल जीतगढी बस्दै आएका श्रीधर पोखरेल रहेको प्रहरीले जनाएको छ ।

बुधवार राती भएको उक्त दुर्घटनामा गम्भिर घाईते अवस्थामा भेटिएका पोखरेलले प्रहरीले उद्धार गरि अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

 
 
  
 

You may also like