पहिलो पाइला बुटवल शाखामा नयाँ नेतृत्व

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाको तेस्रो अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटवलको एसियन पार्टी प्यालेसमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि पहिलो पाइला नेपाल केन्द्रिय का. अध्यक्ष निराजन धमलाले गरेका थिए भने विशिष्ट अतिथी संस्थाका निवर्तमान अध्यक्ष आयुष पौडेल ,बिनोद महत , बाबुराम बन्जाडे, कृष्ण चौहान, शालिक भुषालको रहेको थियो ।

त्यसैगरी सल्लाहकार ठाकुर गैरे, गंगाधर न्यौपाने , खुबिराम आचार्य ,सुदन ज्ञवाली, कृष्ण राउत रन्जित दनै, मिहिर कर्न , राजिब खनाल लगायतको उपस्थिति रहेको थियो।

संस्थाका उपाध्यक्ष लक्ष्मी केसिको स्वागत मन्तव्य रहेको थियो भने सचिब गोमा भट्टराईले कार्यक्रम सहजीकरण गरेकी थिइन।

कार्यक्रममा संस्थाका अध्यक्ष पारस मरासिनीले आफ्नो कार्यकाल मा ७३ कार्यक्रमहरु भएको बताए । जसमा भाग्य बोक्ने झोला बितरण , न्यानो माया अभियान , सेनेटरी प्याडल बितरण रक्तदान कार्यक्रम , नगदी खाम अभियान , सरसफाइ कार्यक्रम लगायतका कार्यक्रमहरु गर्न सफल भएकोमा सम्पुर्ण कार्यक्रम संयोजक , सह- संयोजक , केन्द्रिय समिती, शाखाका पदाधिकारी , सदस्य , सल्लाहकारलाई दिएका थिए।

सम्पूर्ण सहयोग दाता , शुभचिन्तकका कारण आफू र आफ्नो टिम सफल भएको बताउदै संस्थाका नवलपरासी , रुपन्देही , कपिलवस्तु ,पाल्पा , गुल्मी र अर्घाखाँची गरि लुम्बिनी प्रदेशका ६ जिल्लाका कार्यक्रम गर्न सफल भएको ।

पहिलो पाइला बुटवलमा नयाँ नेतृत्व

पहिलो पाईला नेपाल बुटवल शाखाको तेस्रो अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमबाट सर्वसम्मत निर्वाचित अध्यक्ष बिनोद बस्याल , उपाध्यक्ष सन्तोष बन्जाडे , गोमा भट्टराई सचिब राजन अधिकारी सह- सचिब मनिष खनाल , खनाल केशव , कोषाध्यक्ष सन्तोष के.सि. सह-कोषाध्यक्ष नरेश न्यौपाने कार्यसमिति सदस्य गौरब खनाल , सुवास भट्टराई , निर्मल बेल्वासे , श्याम सुन्दर ठाकुर , बिकास पौडेल निर्वाचित भएका छन ।

 
 
  
 

You may also like