बुटवलका होटल व्यवसाय संचालन रहेका घर धनीले दिए ४० प्रतिशतसम्म भाडामा दिए छुट

बुटवल।होटल तथा रेष्टुरेष्ण्ट व्यवसायी संघ रुपन्देहीले घरभाडा छुट गर्ने घरधनीलाई सम्मान गरेको छ । बुटवलका १४ जना घरधनीले होटल सञ्चालनका लागि घरभाडा छुट दिएपछि होटल तथा पर्यटन व्यवसायीले घरधनीहरुलाई सम्मान गरेका हुन् ।कोभिड र आर्थिक मन्दीका कारण व्यवसाय नचलेको भन्दै पर्यटन व्यवसायीले चर्को घरभाडा र चर्को बैंकको व्याज घटाउन माग गर्दै आएका थिए ।

उनिहरुले १२ देखि ४० प्रतिशतसम्म घरभाडा छुट दिएका छन ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले होटल तथा पर्यटन व्यवसायीदेखि सबै क्षेत्रका व्यवसायीका समस्याप्रति उपमहानगरपालिका चिन्तित् रहेको बताउनु भयो ।प्रदेश राजधानी सरेपछि बुटवलको चलायमान कमजोर हुंदा पर्यटन व्यवसायी समस्यामा परेको र त्यसैमाथि आर्थिक मन्दीले सबै क्षेत्रका व्यवसायी समस्यामा परेको बताउनु भयो ।उज्यालो बुटवल बनाउन सडक व्यवस्थित गरिने प्रतिवद्वता जनाउंदै उहाँले खानेपानी र सरसफाईको उचित व्यवस्थापन गरिने र अन्य सुधारका सबै काम गरिने बताउनु भयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवललाई पुरानै लयमा फर्काउन बुटवललाई पर्यटकीय विश्राम स्थलका रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।बुटवललाई चलायमान बनाएर पुरानै लयमा फर्काउन नीजि क्षेत्र र स्थानीय सरकारवीच सहकार्य हुनुपर्ने बताउंदै बुटवललाई चलायमान बनाउन पर्यटन व्यवसायी सबैसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको अध्यक्ष भण्डारीले प्रतिवद्वता जनाउनु भयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष रामप्रसाद गौतमले कोभिड र आर्थिक मन्दीले सबै व्यवसायी संकटमा परेकोले बुटवललाई चलाएमान बनाउनका लागि होटल संचालन भएका घर धनीले देखाएको सदासयता अन्य क्षेत्रकाले पनि व्यवहारमा ल्याउन माग गर्नु भयो ।
नेपाल घरवहाल सरोकार संघ बुटवलका अध्यक्ष राजु लिगलले आर्थिक मन्दीसंगै चर्को बैंकको व्याज र घरभाडाका कारण व्यवसायी विस्थापित हुनै लागेको बेला केही घरधनीहरुले घरभाडामा छुट दिंदा पर्यटन व्यवसायीको मनोवल बढेको बताउनु भयो ।

कार्यक्रममा पर्यटन व्यवसायी बालाराम भट्टराई, मुरारी पाण्डेय, घरधनी धर्म एसके महासचिव अर्जुन थापा र वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले व्यवसायीका समस्याका वारेमा प्रकाश पार्नु भएको थियो । व्यवसायीले सबै घरधनीहरुलाई घरभाडा छुट गर्न आग्रह गर्दै स्थानीय सरकारलाई व्यवसायिक करमा केही भए पनि छुट गर्न माग समेत गरेका छन् ।

 
 
  
 

You may also like