69
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज (बुधबार) अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने भएका छन् ।
आइतबार अर्थमन्त्रीले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट (प्रि–बजेट) माथि छलफल सुरु भएको थियो । तीन चलेको छलफलमा सांसद्हरूले उठाएका प्रश्नको जवाफ आज मन्त्री महतले दिन लागेका हुन् ।
संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आज प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।