नमस्ते एकेडेमीका विद्यार्थी कराँते प्रतियोगितामा सहभागी हुन मलेसिया प्रस्थान

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ स्थित नमस्ते एकेडेमीमा अध्ययनरत ८ जना विद्यार्थी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन मलेसियातर्फ प्रस्थान गरेका छन् ।

१९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो ईपोह सिटी खुल्ला कराँते प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । विद्यार्थी र टीम प्रशिक्षकलाई एक कार्यक्रमको आयोजना गरी सोमबार बिदाई गरिएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै नमस्ते एकेडेमीका विद्यार्थीहरु देवकुमार शाह, प्रशेष शाही, सन्यम कंडेल, आरोहन शेरचन, रिदेश बस्याल, प्रसिद्धि शर्मा, वैष्णवी वर्मा, आकृति कंडेल र टीम प्रशिक्षक कमरुद्दीन अलीलाई शुभकामना दिदै विदाई गरिएको छ ।

बिदाई कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य जिग्मे शेर्पाले आफ्नो कला र सीप प्रर्दशन गर्दै आफ्नो, विद्यालय र राष्ट्रको गौरव राख्दै उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे ।

विद्यालयका सह–प्राचार्य लिलामणी पाण्डे र विद्यालय व्यवस्थापक ई. उमेश कंडेलले विद्यार्थीहरुलाई खेल र मन दुवै जित्न आवश्यक रहेको उल्लेख गरे । नमस्ते एकेडेमीले यसअघि २०२२ मा पनि श्रीलंका गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो ।

प्रतियोगिता १० मे २०२३ देखि १८ मे २०२३ सम्म हुँदैछ । मलेसियामा कराँते प्रतियोगिताका साथै भ्रमण कार्यक्रम पनि रहेको सह–प्राचार्य पाण्डेले बताए ।

 
 
  
 

You may also like