सांसद अमरेशकुमार सिंहले संसदमै फुकाले लुगा

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोलेका छन् । आज (सोमबार) उनले बोल्नका लागि समय मागेका थिए । समय नपाएपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी गराउँदा गराउँदै सिंहले समय मागेका थिए । उनले त्यसपछि कपडा खोलेर विरोध गरेका हुन् ।

सिंहले कपडा खोलेर विरोध जनाएपछि संसदमा अभद्र व्यवहार गर्न नपाइने नियमावलीको व्यवस्था सभामुखले ध्यानाकर्षण गराएका थिए । ‘अशिष्ट, अश्लिल, आपत्तिजनक अभिव्यक्ति नदेखाउन चेतावनी दिन्छु’, सभामुख देवराज घिमिरेले भने, ‘अमरेशकुमार सिंहले देखाएको व्यवहार नियम ३० को आधारमा चेतावनी दिन्छु । तपाईलाई मैले चेतावनी दिन चाहन्छु । फर्किएर आएर बस्नुहोस् । असभ्य व्यवहार नदेखाउनुहोस् । नियमअनुसार आफ्ना कुराहरु राख्नुहोस् ।’

 
 
  
 

You may also like