रास्वपाले सरकारमा जाने / नजाने निर्णय शुक्रबार गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामा जाने कि नजाने भन्ने बिषयमा शुक्रबार निर्णय गर्ने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठक पछि पत्रकार सम्मेलनमा बोल्दै पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारको विषयमा निर्णय गर्नका लागि शुक्रबारको लागि बैठक बोलाइएको बताएका हुन् ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ–आफ्ना धारणा राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सभापति रवि लामिछानेले बैठकमा राखेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रम पुर्नलेखन गर्न तयार भए सरकारमा सहभागी हुनुपर्ने नेताहरूले बताएका छन् ।

 
 
  
 

You may also like