ठगीको आरोपमा ‘अघोरी बाबा’ की श्रीमती शारदा पक्राउ

by समतल अनलाइन

काठमाडौं । प्रहरीले चर्चिक ‘अघोरी बाबा’ की श्रीमती शारदा पाण्डेलाई पक्राउ गरेको छ । एक महिलालाई झुक्याएर विवाह गराई दिएको र आर्थिक रुपमा ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत बौद्धबाट पक्राउ गरिएको हो ।

शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहको विषयमा झुक्याएको जनाइएको छ । सोही प्रकरणको अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको बौद्धका डीएसपी रमेशबहादुर सिंहले बताएका छन् ।

 
 
  
 

You may also like