नमस्ते एकेडेमीका विद्यार्थीको नतिजा उत्कृष्ट

तिलोत्तमा । ब्रिटिस ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमाको नमस्ते एकेडेमीले हालै सार्वजनिक कक्षा ८ को जिल्लास्तरीय आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये ९ जनाको ए प्लस, १८ जनाको ए र ९ जना विद्यार्थीले बी प्लस ग्रेड ल्यााएका विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिए । ‘हामीले तिलोत्तमा नगरका विद्यालय मध्ये धेरै राम्रो नतिजा ल्याएका छौं’–प्राचार्य शेर्पाले भने–‘२०७८ को नतिजामा पनि हाम्रा विद्यार्थीको रिजल्ट उत्कृष्ट थियो ।’
वर्षौंदेखि शिक्षा क्षेत्रमा काम गरेका अनुभवी शिक्षक र व्यवस्थापन टिमले विद्यालय चलाएको हुंदा निरन्तर उत्कृष्ट नजिता ल्याउन सफल भएको ब्रिटिस ग्रुप स्कुल हेड अरुण कंडेलले बताए । ब्रिटिस ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकेडेमी हालै मात्रै क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध भएपछि अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा चाहने विद्यार्थी र अभिभावकको पहिलो रोजाई बनेको कंडेलले बताए ।
क्याम्ब्रिज स्कूलले निर्धारण गरेका विभिन्न सूचकहरु पूरा गर्दै नमस्ते एकेडेमी काठमाडौं बाहिर क्याम्ब्रिज स्कूलमा रजिष्टर हुने पहिलो विद्यालय समेत हो । नर्सरीदेखि कक्षा ७ सम्म क्याम्ब्रिजमा जोडिएका विश्वका सबै स्कूलको करिकूलम अनुसार पढाई हुने गर्छ ।
‘क्याम्ब्रिज स्कूलमा आबद्ध १६० वटा देशका स्कूलमा आफ्नो देशको बाहेक अंग्रेजी, गणित र विज्ञानमा क्याम्ब्रिजको शिक्षण विधि अनुसार पढाई हुन्छ । जसले विश्वमा सबै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाईमा अब्बल बढाउछ । विद्यार्थीले सातामा कुनै एउटा सामाजिक काम गर्नुपर्छ ।

विद्यालयका एक अभिभावक शिव भण्डारीले नमस्तेको पढाईबाट आफू पूर्ण सन्तुष्ट भएको बताउंछन् । आफ्नो २ कक्षामा पढ्ने छोराले हालै चितवन घुम्न गएका बेला बिदेशी पर्यटकसंग आफै हात मिलाएर परिचय गर्दै झण्डै १० मिनेट निर्धक्क आत्मविश्वासका साथ कुराकानी गरेको देखेर विद्यालयप्रतिको विश्वास झनै बढेको बताए ।

विश्वस्तरको प्रतिस्पर्धी शिक्षा दिने उद्देश्यले स्थापित एकेडेमीले छोटो समयमै उचाई प्राप्त गरेको विद्यालयका निर्देशक विष्णुप्रसाद भुसालले बताए । विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलापका लागि हुक अफ इडनबरोका लागि अनुमति प्राप्त गरेको छ । विद्यालयमा भर्ना कार्यक्रम चलिरहेको र अब ५० जनाका लागि मात्र सिट रहेको संस्थापक प्रिन्सिपल राजेन्द्र कुंवरले बताए ।

 
 
  
 

You may also like