सियारी गाउँपालिकाद्वारा मस्जितमै पुगेर फुलफुल बितरण

सियारी । रुपन्देहीको सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जितमै पुगेर फलफुल बितरण गरेको छ ।
मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जितमा पुगेर फलफुल बितरण गरेको हो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपक बहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मी लगाएतले पालिका भित्र सञ्चालनमा रहेका ८ ओटा मस्जितमा पुगेर एउटा मस्जितलाई ५ हजार बराबरको फलफुल प्रदान गर्नु भएको छ ।

रोजा (वर्त) बसेका मुस्लिम समुदायलाई रोजा खोले पछि खान मिल्ने गरी स्याउ, केरा, सुन्तला र खरबुजा लगाएतका फलफुल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

उहाँले स्थानिय सरकारले सबै धर्म र समुदायलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सबै धर्म, बर्ग र समुदायको साथमा स्थानिय सरकार रहेको उल्लेख गर्नु भयो ।

अध्यक्ष घिमिरेले स्थानिय सरकारले आगामि दिनमा पनि अन्य धर्म र समुदाय बिशेषका पर्वलाई पनि ध्यानमा दिएर काम गर्ने बताउनु भयो ।
गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व शुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् । मुस्लिम समुदायको पर्व रमजानको शनिवार अन्तीम दिन हो ।

 
 
  
 

You may also like