पहाडमा क्षणिक बर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । देशका केही भू–भागमा आज (शनिबार) पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आज (शुक्रबार) दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि पश्चिम तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

विभागले आज राति कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको र तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसको जोखिमबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like