कोरोनाबाट थप एकको मृत्यु, १०६ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १,८८६ जनाको नमूना परीक्षण गरिएको थियो ।

५८१ जनाको पीसीआर र १,३०२ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ४६ जना संक्रमणमुक्त भएका छन् । हाल ४१४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु हुनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।

 
 
  
 

You may also like