प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

 
 
  
 

You may also like