कोरोनाबाट थप एकको मृत्यु, १०४ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । यही अवधिमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३२ नमुनामध्ये परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ ।

काठमाडौंका अस्पतालमा आजसम्म ३४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सात जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like