बुटवलको कस्तुरी मिष्ठान्न र पाठक दुध डेरीमा किसानको धर्ना , २५ लाख बढी रकम दिन बाकी

बुटवल । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले दुध खरिद गरेको किसानको रकम तिर्न आनाकानी गरेका छन् ।
रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरु रकम नपाएपछि दुवै पसल अगाडि किसानले धर्ना दिएका छन् । ‘पटक पटक पैसाको माग गरेपनि कस्तुरी र पाठकले पैसा तिर्न आनाकानी गरेपछि धर्ना दिन बाध्य भएका हौ’ सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले भने । उनका अनुसार कस्तूरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले कुल २५ लाख ३० हजार ४ सय रकम किसानको दिन बांकी छ । कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बांकी रहेको उनले बताए । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले अनिश्चितकालीन धर्नामा उन्रिनुपरेको उनको भनाई छ।

पाठक डेरीका सञ्चालक नेत्र पाठकले किसानहरूले आफूसँग गरेको सम्झौता उल्लंघन गरेपछि रकम भुक्तानी रोकेको बताउँछन ।

‘हामीले किसानको पैसा नर्तिने भनेको होइन’ पाठकले भने, ‘किसानले दूध पसलसम्म ल्याउने हामीबीच सहमति भएको थियो । सहकारीले बीच बाटोमै दुध छाडेर जान थालेपछि रोकेको हो । अब पैसा मैले तिरिदिए किसानको दुध खरिद गरिँदैन ।’

 
 
  
 

You may also like