डा. केसीको स्वास्थ्य गम्भिर

by समतल अनलाइन

डडेलधुरा । अनसनको पाँचौं दिन डडेल्धुरा जिल्ला अस्पताल भर्ना गरिएका डा. गोविन्द केसीको स्वास्थ्य झन् बिग्रँदै गएको छ । उनको शरीरमा क्रियाटिनिन बढेको छ । सुगर र पानीको मात्रा पनि घटेको चिकित्सकले बताएका छन् । रक्तचाप र मुटुको चाल पनि घटबढ भइरहेको छ ।

‘डा. केसीको स्वास्थ्य अहिले जोखिममा छ,’ उपचारमा संलग्न डडेल्धुरा अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले भने, ‘क्रियाटिनिन बढ्दा मिर्गौलाको काम गर्ने क्षमता कमजोर हुन्छ ।’ डा. केसीलाई आइसियूलगायत आवश्यक उपकरणको सुविधा भएको अस्पतालमा रेफरको तयारी भइरहेको छ । तर, केसी मानेका छैनन् ।

काठमाडौं नगए पनि सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढीमा रेफरको प्रयास गरिरहेको डा. कँडेलले बताए । सरकारले भने केसीको स्वास्थ्यबारे औपचारिक जानकारी नपाएको जनाएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आवश्यक पर्दा विज्ञ चिकित्सक टोली पठाएर केसीको उपचार गर्न सकिने बताए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like