रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा माग्यो सर्वोच्चले

काठमाडौं । रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको निस्सा पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । आज (बुधबार) न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा प्रारम्भिक सुनुवाइपछि सो आदेश भएको हो ।

‘प्रत्यर्थी लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौं जहाँ भए पनि झिकाई नियमानुसार पेस गर्नु’, आदेशमा उल्लेख छ ।

इजलासले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन नपर्ने कारण महान्यायाधिवक्ता कार्यालयलगायत सम्बन्धित निकायसँग माग गरेको हो । महान्यायाधिवक्ता कार्यालयले चैत ६ गते लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो । सो निर्णय बदर गर्न र मुद्दाको टुंगो नलाग्दासम्म लामिछानेलाई कुनै राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग गरिएको थियो ।

न्यायाधीश फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गर्दै लामिछानेको अमेरिकी राहदानीको निस्सा पेस गर्न आदेश गरेको छ ।

 
 
  
 

You may also like