लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन-२०२३ को आयोजना हुने

बुटवल । अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसर पारी विहिबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन-२०२३ को आयोजना हुने भएको छ ।
लुम्बिनी प्रदेश खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा गुग्ने लक्ष्यसहित २०७ राष्ट्रकालाई निमन्त्रणा गरिएको उनले बताए । निमन्त्रणा गरिएका सबै देशबाट सहभागी भएमा हालसम्मकै ठूलो म्याराथन हुने श्रेष्ठले दाबी गरे ।कपिलवस्तुको तिलौराकोट दरबारबाट विहिबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ती दीपमा आएर समापन हुने महासचिव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । विशेष गरि वुद्धिजम मान्ने देशहरुलाई लक्षित गरिएको श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद राशी प्रदान गरिने लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए । पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएको उनले बताए ।

 
 
  
 

You may also like