विनोद चौधरीको सम्पति बढेर एक अर्ब ८० करोड डलर

काठमाडौं । अर्बपति विनोद चौधरी अहिलेसम्मकै धनी बन्न सफल भएका छन् । चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ ।

फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो । सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो । फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७ औं धनी व्यक्ति हुन् । उनी नेपालका एक्ला अर्बपति हुन् ।

अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका नेता हुन् । यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए ।

 
 
  
 

You may also like