सुनको भाउले नयाँ रेकर्ड बनाउँदै तोलाकै एक लाख ११ पुग्यो

काठमाडौं । साताको चौथो दिन आज (बुधबार) सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार दुई हजार रूपैयाँले बढेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि चैत ५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो । तेजावी सुन प्रतितोला एक लाख १० हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार ४० रूपैयाँले बढेर १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 
 
  
 

You may also like