आन्तरिक विवाद बढेपछि कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो । सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद चुलिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो ।

आन्तरिक भागबण्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

 
 
  
 

You may also like