नेपालमा ह्वात्तै बढ्यो कोरोना : २४ घण्टामै थपिए १४२ नयाँ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४२ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७९ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १,३६९ जना पुगेको छ ।

आज मंगलबार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ४४ जना र ६९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ९ लाख ८९ हजार १८६ जना पुगेको छ । पछिल्लो विवरणअनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६३ जना छ

 
 
  
 

You may also like