ऋतिक रोशनलाई मन पराएको भन्दै श्रीमतीको हत्या

by समतल अनलाइन

वासिंगटन । कलाकार धेरैका लागि प्रिय हुन्छन् । मानिसपिच्छे रोजाइका कलाकार पनि हुन्छन् । मन पराएका कलाकारसँग नजिक हुने मौका मिलेको खण्डमा अटो लिन समेत धेरै अगाडि सर्छन् ।

तर, बलिउड अभिनेतालाई मन पराएकै कारण एक महिलाले भने ज्यान गुमाउनु परेको छ । अमेरिकामा एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै हत्या गरी आफैले समेत आत्महत्या गरेका छन् ।

बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्युयोर्क पोस्ट समाचार लेखेको छ ।

३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन् । श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए ।

त्यसपछि उनी आफैंले झुण्डिएर आत्महत्या गरेका थिए । बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवाद समेत भएको जनाइएको छ । उनीहरु यसै विषयमा विवाद भएर प्रहरीसम्म पनि पुगेको जनाइएको छ । एजेन्सी

 

 
 
  
 

You may also like