ओमसतिया अध्यक्ष कप:वडा नम्बर २ र वडा नम्बर ४ विजयी

भैरहवा । द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा कर्मडाडामा जारी अध्यक्ष कप–२०७९ मा वडा नम्बर २ र वडा नम्बर ४ विजयी भएका छन् ।

वडा नम्बर १ र वडा नम्बर २ बिच भएको पहिलो खेलमा वडा नम्बर २ १८ रनले विजयी भएको छ । टस हारेर ब्यटिङ्गको निम्तो पाएको वडा नम्बर २ को ले १ सय ५५ बनाएको थियो । उसको लागि तुल बहादुरले सर्वाधिक ७७ रनाए । २५ बल खेलेका तुल बहादुरले ९ छक्का र ३ चौका प्रहार गरेका थिए । यस्तै बिकासले २२ रन बनाए भने सुदिपले १० रन बनाए । बलिङ्ग तर्फ वडा नम्बर १ का लाल बहादुरले ३ विकेट लिए भने दिल बहादुर र मिर्नालले समान २÷२ विकेट लिएका थिए ।

१ सय ५६ रनको लक्ष्य लिई खेल सुरु गरेको वडा नम्बर १ को टिम निर्धारित १५ ओभरमा १ सय ३७ रन मात्र बनाउन सक्यो । वडा नम्बर १ का लागि रुप नारायणले ३५ रन बनाए भने लाल बहादुरले ३२ रन र रुद्रले १७ रनको ब्यक्तिगत योगदान दिए । बलिङ्ग तर्फ वडा नम्बर २ का अभिषेकले ३ विकेट लिए । खेलका प्लेयर अफ द म्याच वडा नम्बर २ का तुल बहादुर भए ।
शनिबार नै सम्पन्न गाउँपालिका ए र वडा नम्बर ४ का बिच सम्पन्न दोश्रो खेलमा वडा नम्बर ४, ८ विकेटले विजयी भएको छ । टस हारेर ब्यटिङ्गका लागि आमन्त्रित गाउँपालिका ए को टिम निर्धारित १५ ओभर खेल्दै १ सय ६ रन बनाएको थियो । गाउँपालिका ए को लागि मान बहादुरले सर्वाधिक ३७ रन बनाउदा बिरेन्द्रले १४ रन र मनोजले ११ रन बनाए । बलिङ्ग तर्फ वडा नम्बर ४ का बिश्वास र उज्वलले २÷२ विकेट लिए ।
१ सय ७ रनको लक्ष्य पाएको वडा नम्बर ४ १० ओभर खेल्दै २ विकेटको नोक्सानीमा लक्ष्य भेट्टाएको थियो । उसका लागि सन्देशले ५० रन बनाए । २७ बल खेलेका उनले ६ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै २३ बलमा ६ छक्का,१ चौका प्रहार गरि पिन्टुले अविजित ५० रन बनाएका थिए । बलिङ्ग तर्फ गाउँपालिका ए का मान बहादुर र साहिलले समान १÷१ विकेट बाडेका थिए । खेलमा वडा नम्बर ४ का पिन्टु सहानी प्लेयर अफ द म्याच घोषित भए ।

आईत बारको पहिलो खेल वडा नम्बर १ र गाउँपालिका बि का बिच तथा दोश्रो खेल वडा नम्बर ३ र गाउँपालिका ए का बिच हुने आयोजक द राईजिङ्ग क्लब अफ बर्दिहवाका राकेश गुप्ताले जनाए ।
द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओम सतिया गाउँपालिकाको सहयोगमा प्रतियोगिता चैत्र १ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडाका टिम र गाउँपालिकाको दुई टिम गरि प्रतियोगितामा ८ टिम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितिय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताए । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिए ।

 
 
  
 

You may also like