पहाडी र तराईका भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज (आइतबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशका पहाडी तथा तराईका केही भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यो क्रम आगामी केही दिन जारी रहने महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like