युएईले नेपाललाई दियो ३११ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईले नेपाललाई ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

नेपालले अहिलेसम्म एकदिवसीय क्रिकेटमा ३०० रन नबनाएकोले यो लक्ष्य चुनौतिपूर्ण हुने देखिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाउदै ३१० रन बनाएको हो ।

युएईका लागि आफिस खानले शतकीय पारी खेलेका थिए । उनले आक्रामक ब्याटिंग गर्दै ४१ बलमा शतक बनाएका थिए । उनले आफ्नो पारीमा ११ छक्का र ४ चौका प्रहार गरेका थिए ।
त्यस्तै वृत्य अरविन्दले ९४ रन बनाएका थिए भने कप्तान मोहमद वासिमले ६३ रन बनाएका थिए । त्यसैगरी रोहन मुस्तफाले २० रन, आर्यान लाक्राले ६ रन बनाए भने सिपी रिजवानले ७ र आयान अफजल खान ३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

अब नेपालले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ ।

 
 
  
 

You may also like