विप्लवका तीन कार्यकर्ता माइतीघरबाट पक्राउ

by समतल अनलाइन

काठमाडौं । विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

नेपालको सीमा मिचिएको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपाका कार्यकर्ता आइतवार दिउँसो माइतिघरबाट पक्राउ परेका हुन् ।

नेकपाका महासचिव विप्लवका पुत्र प्रकाशको नेतृत्वमा विरोध कार्यक्रम आयोजना हुन लागेको प्रहरीको बाक्लो उपस्थिति भएका थिए । तर उनी भने विरोधमा उपस्थित थिएनन् ।

नेपालको झन्डासहित विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 
 
  
 

You may also like