मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावका कारण आज (मंगलबार) देशका केही भागमा वर्षाको सम्भावना रहेको छ । पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना रहेको हो ।

देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज (मंगलबार) बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । देशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like