नेपालले लियो चौंथो विकेट, दवावमा पीएनजी

काठमाडौं । नेपालले पपुवा न्युगिनीविरुद्ध चौथो विकेट लिएको छ । नेपालका सन्दीप लामिछानेले गरेको बलिङमा ललित राजवंशीले क्याच गर्दै चौंथो विकेट लिएका हुन् ।

तेस्रो विकेट पनि सन्दीप लामिछानेले लिएका थिए । उनले १४ ओभरमा विकेट लिएका थिए । उनले एक ओभरमा ३ रन दिएर एक विकेट लिएका थिए । यसअघि पहिलो ललित नारायणराजबंशी र सोमपाल कामीले विकेट लिएका थिए ।

चौंथो विकेट झर्दा पिएनजीले जम्मा ७१ रन बनाएको थियो । अहिले पिएनजीले २० ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएर खेलिरहेको छ । जारी खेलमा नेपालले पीएनजीलाई दवाव सिर्जना गरेको छ ।

 
 
  
 

You may also like