पहाडी भू–भागमा चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज (सोमबार) वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । देशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) बिहान देशको पहाडी भू–भागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

 
 
  
 

You may also like