राष्ट्रपतिका रुपमा पौडेल सिङ्गो देशको अभिभावक बन्नु हुनेछ : लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सिंगो देशको अभिभावक बन्न विश्वास व्यक्त गरेका छन् ।

नव निर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदै सिंगो देशको अभिभावक बन्नेमा विश्वास व्यक्त गरेका हुन् । सभापति लामिछाने सामाजिक सञ्जाल फेसबुक लेखेका छन्, ‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेल ज्युलाई हार्दिक बधाई दिन चाहन्छु ।

सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु ।’
बिहीबार भएको निर्वाचनमा पौडेल एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

 
 
  
 

You may also like