वशिष्टकृत सेवा दिदैँ मानव अधिकार,१५० जना अति विपन्न महिलाहरुलाई निःशुल्क स्वास्थ्य शिविर

रुपन्देहीको सैनामैनामा अति विपन्न महिलाहरुलाई निशुल्क स्वास्थ्य शिविर संञ्चानल गरिएको छ । ११३ औँ अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज जिल्ला रुपन्देही र साझा हस्पिटल प्रा.लीको संयुक्त आयोजनामा सैनामैना वडा न.६का १५० जना अति विपन्न महिलाहरुलाई विशिष्टकृत स्वास्थ्य शिविर दिईएको हो ।उक्त शिविरमा महिलाहरुलाई निःशुल्क ल्याब परिक्षण,भिडियो एक्सेरे,निशुल्क औषधी वितरण गरिएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले निशुल्क स्वास्थ्य शिविरले अति विपन्न महिलाहरुलाई उपचारमा धेरै राहत मिल्ने बताएका छन् । सुविधा सम्पन्न ठाउँमा भन्दा गरिब,दलित सिमान्तकृत बस्तीमा यि सेवा प्रवाह पुर्याउनुपर्नेमा जोड मेयर शर्माको थियो ।

यस्तै,कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले महिला अधिकार,मानव अधिकार भएको बताएका छन् ।महिलाहरुका लागी शसक्तिकरण तथा महिला हिंसा विरुद्ध अभियान चलाउने जस्ता काम गर्दै आएको बताएका हुन् ।

महिलाहरुको स्वास्थ्य अधिकारलाई प्रत्याभुति दिने गरि यो कार्यक्रम गरिएको बताएका छन् । खासमा अति विपन्न महिलाहरु रहेको दलित बस्तीमा यो कार्यक्रम संञ्चालन गर्नाले ग्रास स्तरमा रहेका महिलाहरु बढि लाभान्वित हुने जिकिर खनालले गरे ।

मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति कृष्ण भटटराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सैनामैना वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेल,नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी,नेपाली कांग्रेस सैनामैनाका सभापति रण बहादुर खनाल,समाजसेवी किरण पौडेलको आतिथ्यतामा कार्यक्रम भएको हो ।

 
 
  
 

You may also like