तिलोत्तमा गोल्डकप २२ औं संस्करण आगामी चैत ४ देखि हुने , विजेताको पुरस्कार ११ लाख

बुटवल । तिलोत्तमा गोल्डकपको २२ औं संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ ।नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता
२०७५ मा २१ औं संस्करणको प्रतियोगिता पछि कोरोना महामारी लगायत कारणले २२ औं संस्करण हुन सकेको थिएन ।

त्यसको ४ बर्षपछि २१ औं संस्करणको गोल्डकप हुन लागेको आयोजन रुपन्देही जिल्ला फुटवल संघले पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिएको छ । चैत ४ गते देखि हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कुल ८ टिमको सहभागिता हुने २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको विजेताले नगद ११ लाख ११ हजार १११ रुपैयां प्राप्त गर्नेछ । त्यस्तै उपविजेता बन्ने टिमले नगद ५ लाख ५५ हजार ५५५ रुपैयां प्राप्त गर्ने रुपन्देही फुटवल संघका अध्यक्ष लोक पुनले जानाकारी दिए ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडिलाई १ लाख वा मोटरसाईकल प्रदान गरिनेछ । साथै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई नगद ३०÷३० हजार दिईनेछ । प्रतियोगितामा कुल १ करोड ८ लाख बढि खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा करेन्ट रुपन्देही ११, मनाङ मस्र्याङदी क्लव, थ्री स्टार, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लव र सुदुर पश्चिम ११ ले सहभागिता उनको भनाई छ । २१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ बर्ष देखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।
३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।

६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुंदै आएको थियो । २०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पांचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए । त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौंले जितेको थियो ।

 
 
  
 

You may also like