सैनामैनामा एक पुरुष मृत अवस्थामा फेला

सैनामैना ।रुपन्देहीको सैनामैना नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । नगरको वडा नं. २ स्थित सोरौलीमा आज बिहान एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ ।

मृत अवस्थामा फेला परेका पुरुषको परिचय भने खुल्न सकेको छैन । प्रहरीले घटनामा शंकास्पद रुपमा संलग्न २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । 

 
 
  
 

You may also like