लुम्बिनी साँस्कृतिक नगरमा भु–उपयोग सम्बन्धी अन्तरक्रिया

by समतल अनलाइन

लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा भु–उपयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलनमान, प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डे, वडा न.१ देखि १३ सम्मका जनप्रतिनिधी लगायतका बिच भु–उपयोग निति, भु–उपयोग ऐन, नियमवाली सम्बन्धी छलफल गरिएको हो ।

नगरका समग्र भुमिलाई विभिन्न भु–उपयोगका क्षेत्रमा वर्गिकरण गर्ने, भुउपयोग योजना तर्जुमा गर्न, कृषि भुमिको संरक्षण, जैविक विविधता तथा एंव एतिहासिक साँस्कृतिक सम्बन्धी योजना तर्जुमा, प्राकृतिक र मानव सिर्जित प्रकोपजन्य जोखिमहरुको न्युनिकरण गर्न भु–उपयभोग नितिको आवश्यक रहेको छलफलमा भनिएको छ । सो सम्बन्धी कार्य नगरले सुरु गरिसकेको जानकारी गराएको छ ।

 
 
  
 

You may also like