यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । नेपालका केही भू–भागमा आज (मंगलबार) पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायु र पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले तीन दिनयता देशका केही भागमा वर्षा भइरहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (मंगलबार) दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like