आइसीसी विश्वकप लिग–२ : नेपालको विजयी शुरुवात, पपुवा न्युगिनीलाई हरायो

by समतल अनलाइन

काठमाडौं । आइसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको पहिलो म्याचमा नेपाल विजयी भएको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले पराजित गर्दै नेपालले जित हात पारेको हो ।

पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ४५.२ ओभरमा पूरा ग¥यो । पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ९ विकेटको क्षतिमा २०३ रन बनाएको थियो ।

 
 
  
 

You may also like